काठमाडौं । एमाले सांसद टुका भद्रा हमालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई निःसर्त रिहाइको माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सो माग गरेकी हुन् । जेन–जी आन्दोलनको क्रममा हेलचेक्र्याइँका कारण युवा मृत्यु भएको अभियोगमा ओली र लेखक प्रहरी हिरासतमा छन् ।
‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी ढंगले थुनामा राखिएको छ । बिना सर्त रिहाइको माग राख्दछु’, उनले बैठकमा भनिन् । बैठकमा उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूबीच विभेद गर्न नहुने बताइन् ।


