काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सरकारको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।


