२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 12:50 pm
समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सूचना प्रेस २०८३ कार्तिक २३ सोमबार ००:००, १२:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित महाराजगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ–२९ मैतीदेवी घर भएका १८ वर्षीय रुद्राक्ष बस्नेत छन् ।

बसुन्धाराबाट सुकेधारातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०० ६ ख ६७६६ नम्बरको बस र टिचिङ अस्पतालबाट बाँसबारी तर्फ जाँदै गरेको बा.प्रदेश–०२–०६३ प ८२९९ नम्बरको मोसा आपसमा ठोक्किएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

सोमबार बिहान दुर्घटना भएपछि मोटरसाइकल चालकलाई उपचारका लागि नजिकै रहेको मेट्रो अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बस चालक भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ३५ वर्षीय गणेश हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।