काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्नेछ, जसमा उपसभामुख पदका लागि निर्वाचन गरिनेछ ।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार रहेका छन् । दुवै जना समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।
२५ वर्षीया ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ । प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत रहेकाले उनको उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।


