चैत २७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गर्नुभएको छ ।

सो जानकारी प्रधानमन्त्रीको निजी सचिवालय सार्वजनिक गरेको हो । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।


