५ आश्विन २०८१, शनिबार 1726916969
विश्व

१ हजार युक्रेनी सैनिकलाई रूस सारियो

काठमाडौँ- युक्रेनको मारिउपोल सहरमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रुस सारिएको छ । रुसी समाचार संस्था इतरतासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् ।

यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बीरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ ।