५ आश्विन २०८१, शनिबार 1726918861
खेलकुद

वर्षात्‌का कारण बुधबारको मकवानपुर गोल्डकप खेल स्थगित

मकवानपुर — हेटौंडामा जारी सहिद स्मृति अन्तर्राष्ट्रिय स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । लगातारको वर्षात्‌का कारण आयोजक मकवानपुर जिल्ला फुटबल संघले खेल स्थगित गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालाको खेल मैदान हिलाम्मे भएपछि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्लब सिमरावीचको खेल स्थगित गरिएको हो । खेल बिहीबार बिहान ८:३० बजेका लागि तय गरिएको छ । ‘मैदानमा पानी जमेर हिलाम्मे भएपछि खेल स्थगित गरिएको हो,’ संघद्वारा जारी विज्ञप्तिमा छ ।जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको यस प्रतियोगिताको विजेताले नगद १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता छ ।