काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत अभय लामाको निधन भएको छ ।

३२ वर्षीय लामा चढेको बाप्र०२०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३(००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो । तारकेश्वर नगरपालिका ८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए । लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । रामेछाप घर भएका उनी तार्केश्वरक ७ फुटुङ बस्दै आएका थिए ।
लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए । प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी ५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको छ ।


