काठमाडौं । कैलालीको लम्किचुहा नगरपालिका–८ गप्कास्थित पूर्व(पश्चिम राजमार्गमा हायस गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाएको मृत्यु भएको छ । उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए । मृतकको सनाखत भैसकेको छैन ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार अनुसार सु/प/प्र/०१००१ ज १४२१ नम्बरको हाइसले विपरीत दिशाबाट आइरहेको सु/प/प्र/०१०१३प५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।


