२ जेष्ठ २०८३, शनिबार 1778913077
Banner

संयुक्त राष्ट्रसंघको ७७औं महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको ७७औं महासभामा मंगलबार नेपाल एशिया–प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ।

संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया–प्रशान्त क्षेत्रबाट नेपाल‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन्। यसैगरी अफ्रिकाबाट बेनिन‚ बुरुण्डी‚ केन्या‚ मौरिटानिया‚ नाइजर‚ जिम्बावे उपाध्यक्ष निर्वाचित भए भने लातिन अमेरिकाबाट चिली‚ एल साल्भाडोर र जमैका निर्वाचित भए। पूर्वी यूरोपबाट इस्टोनिया र पश्चिम यूरोप र अन्य क्षेत्रबाट इजरायल र अष्ट्रेलिया निर्वाचित भए।

नवनिर्वाचित पदाधिकारीको कार्यकाल सेप्टेम्बर १३ तारिखदेखि एक वर्षसम्म यो लागू हुनेछ।

यसैगरी ७७औँ महासभाबाट हंगेरी अध्यक्ष निर्वाचित भएको छ भने भियतनाम उपाध्यक्ष निर्वाचित भएको छ। महासभा संयुक्त राष्ट्रसंघका ६ वटा अंगमध्ये निकै शक्तिशाली मानिन्छ। यो १९३ देशकै प्रतिनिधित्व रहने शक्तिशाली संस्था हो।

यसअघि नेपाल ७१ औँ महासभामा पनि नेपाल एशिया–प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको थियो।