काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सहमति सहकार्य अहिलेको मूल आवश्यक्ता भएको बताएका छन्।
कांग्रेसको नियमित अधिवेशनमा एकजुट भएर लाग्दा यसैमा साझा सफलता निहीत रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतभन्दा फरक सोच समयको माग रहेको बताए।
साथै आटले नै इतिहास बनाउने भनाइ समेत राखे। ‘नेपाली कांग्रेसको नियमित अधिवेशनमा एकजुट भएर लाग्दा-यसैमा साझा सफलता निहीत छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘विगतभन्दा फरक सोच समयको माग हो। सहमति सहकार्य अहिलेको आवश्यक्ता हो। आट चाहिन्छ, किनकि आटले नै इतिहास बनाउँछ!’


