२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:55 pm
Banner

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

सूचना प्रेस २०८३ बैशाख ५ शनिबार ००:००, २०:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चैत १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै उनलाई गिरफ्तार गरेको थियो । स्वास्थ्य जटिलताको कारण देखाउँदै उनी अस्पतालमा रहेका थिए । उनले अदालतलाई बयान समेत भर्चुअल माध्यमबाट दिएका थिए । अस्पतालमा उनको पित्त थैलीको शल्यक्रिया समेत गरिएको थियो।