सुर्खेत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यान प्रहरीका अनुसार दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परी तीन जनाको ज्यान गएको र घाइते १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
शनिबार साँझ नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परी तीन जनाको ज्यान गएको र घाइते १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


