काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् ।
अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् ।
पार्टी महामन्त्री धवलशम्शेर राणाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने स्पष्ट पारेका छन् ।
उनले भनेका छन् : ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिधयाइन भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’


