२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:57 am
Banner

प्रतिनिधिसभाको आजको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

सूचना प्रेस २०७९ जेष्ठ २६ बिहिबार ००:००, ०७:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।