२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:12 am
समाचार

ट्याक्टर दुर्घटना हुँदा तेह्रथुममा चालकको मृत्यु

सूचना प्रेस २०७९ जेष्ठ २६ बिहिबार ००:००, ११:१० बजे १ मिनेट पढाइ

तेह्रथुम: ट्याक्टर दुर्घटना हुँदा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ डबलीमा हिजो साँझ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् । म्याङ्लुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर हिजो साँझ अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।