४ आश्विन २०८१, शुक्रबार 1726821048
Banner

भोलिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज

काठमाडौं । सरकारले भोलीदेखी १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । 

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखको बालस्वास्थ्य तथा खोप शाखाले  मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने जानकारी दिएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । 

यसैगरी, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने जनाएको छ ।