काठमाडौँ : सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताए ।
उनले भने, ‘त्यसबारेमा मेरो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक भएको थियो । खाली गराउने त्यस्तो कुनै उद्देश्य छैन । लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढङ्गले गर्नुपर्ने छ, त्यसैले सकारात्मक कुराकानी भएको छ ।’
उनले राज्यको ठूलो लगानी भएकाले खाली नहुने बताए। उनले सरकारको ३० दिनको कामबारे आफूले मूल्याङ्कन गरिरहेको समेत बताएका छन् । ३० दिनमा गर्ने काम लगभग अघि बढिसकेको भन्दै १०० दिनमा गर्ने कामको दिशामा पनि उन्मुख भएको पोखरेलको भनाइ छ ।


