१६ बैशाख २०८३, बुधबार 1777470721
Banner

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ । 

यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
 
“गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन,” उनले भने ।  

पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्ने उनले बताए । 

यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ । रासस