१७ बैशाख २०८३, बिहिबार 1777562538
राजनीति

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरूद्वको सुनुवाई आज पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज पनि स्थगित भएको छ ।

लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर भएको रिटमाथि बिहीबार ९वैशाख १७० सर्वोच्च अदालतमा सुनुवाइको पेशी तय भएको थियो ।

सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । लामिछाने तर्फकै कानून व्यवसायीले सुनुवाई स्थगित गरेका बताइएको छ ।

गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान संलग्न संयुक्त पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।