२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:09 am
समाचार

बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

सूचना प्रेस २०८३ बैशाख १७ बिहिबार ००:००, १४:२४ बजे १ मिनेट पढाइ

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सो क्रममा उनले घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । सरकारले थापाथली लगायतका क्षेत्रमा शनिबार र आइतबार डोजर लगाएको थियो ।