१८ बैशाख २०८३, शुक्रबार 1777641476
अर्थ

नमःबुद्ध हाइड्रोमा लुम्बिनी विकास बैंकले लगानी गर्ने

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकामा निर्माणको चरणमा रहेको नमः बुद्ध हाइड्रोपावर प्रा.लि.को लगानी सुनिश्चित भएको छ । भिजन लुम्बिनीद्वारा प्रवर्धित ३.४४ मेगावाटको उक्त हाइड्रो निर्माणका लागि लुम्बिनी विकास बैंकले लगानी गर्ने सुनिश्चत भएको हो ।

लगानीकर्ता लुम्बिनी विकास बैंक लि. र निर्माणकर्ता नमः बुद्ध हाइड्रो इनर्जी प्रा.लि.बीच जलवविद्युत् आयोजनामा ऋण लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । करिब ७० करोड रुपैयाँ लागत रहने आयोजनामा लुम्बिनी विकास बैंकले ३२ करोड ऋण लगानी गर्न लागेको हो ।

हस्ताक्षरपत्रमा बैंकका डेपुटी सीईयो सुमन आचार्य तथा नमः बुद्ध हाइड्रोका तर्फबाट मुख्य प्रवर्धक रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेल हस्ताक्षर गरेका । हस्ताक्षर समारोहमा डेपुटी सीईओ आचार्यले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष, स्थानीयको लगानी, अन्य आयोजना सफल गरिसकेको भिजन लुम्बिनीलाई हेरेर ऋण लगानी गरिएको बताए । आचार्यले अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने बताए ।