२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 9:43 am
समाचार

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सूचना प्रेस २०८३ बैशाख २१ सोमबार ००:००, १६:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी छन् ।

सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।