२२ बैशाख २०८३, मंगलबार 1777996680
Banner

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धीसहित सबै आठै वटा अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने तयारीमा सरकार छ ।