२४ बैशाख २०८३, बिहिबार 1778147207
अर्थ

चन्द्र ढकालद्वारा नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को नेतृत्व औपचारिक रूपमा चन्द्र ढकालले अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

महासङ्घको विधानअनुसार निर्वाचनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार श्रेष्ठले नेतृत्व सम्हालेका हुन् । यद्यपी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने यो अन्तिम पटक हो ।

महासङ्घको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हाल्दै निजी क्षेत्रको हकहित, आर्थिक सुधार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रका मुद्दा उठाउने, नीति संवादलाई सुदृढ बनाउने तथा व्यवसायिक वातावरण सुधारका लागि पहल गरिएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए ।

नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले महासङ्घलाई अझ प्रभावकारी बनाउँदै उद्योग–व्यवसायीका समस्या समाधान, आर्थिक गतिविधि चलायमान बनाउने तथा सरकारसँग सहकार्य गरेर नीतिगत सुधार अघि बढाउने बताए ।