२२ बैशाख २०८३, मंगलबार 1777983957
Banner

उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन भैरहेको छ । अहिले मतदान चलिरहेको छ । मंगलबार बिहानैदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा देशभरका उद्योगी तथा व्यवसायीहरू सहभागि छन् । विधान अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् ।

अन्य पदाधिकारीहरूका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेले प्यानल बनाएर चुनावी मैदानमा  छन् । ढकाल वरिष्ठ उपाध्यक्षमा उठेका छन् भने घिमिरेको समूह भने वरिष्ठ उपाध्यक्षको उम्मेदवार बिना नै चुनावी मैदानमा छ । ढकालको टिमबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, उमेश डालमिया,  जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, घिमिरेको टिममा एसोसिएटतर्फ प्रवलजंग पाण्डे, जिल्ला नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी दिएका छन् ।