२७ बैशाख २०८३, आइतबार 1778433583
Banner

कम्युनिस्ट पार्टीहरुबीच एकताको बाध्यता बढेको छ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीच एकताको बाध्यता बढेको बताएका छन् ।

निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिस्ट पार्टीहरुबीच एकताको बाध्यता बढेको र कम्युनिस्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताएका हुन् । विचार, राजनीति र संगठनमा कम्युनिस्ट एकता बाध्यात्मक बन्दै गएको र अब विगतको कुरा गरेर काम नलाग्ने उनले बताए । 

प्रचण्डले दक्षिण एसियाबाटै कम्युनिस्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिस्टहरुलाई जिरोमा लैजाने षडयन्त्रविरुद्ध हेक्का राखेर अघि बढ्न आग्रह गरे ।

उनले भने,  ‘अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ । सच्चा कम्युनिस्टहरूको बीचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।’

संयोजक प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको बताए । स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको उनले बताए ।