काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नतिजा प्रकाशन गर्ने तयारी रहेको जानकारी दिएको हो । सबै तयारी पूरा भइसकेको र प्राविधिक समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित गर्ने बोर्डको भनाइ छ ।
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।


