२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:48 am
Banner

करको बोझ घटाउने सरकारको नीति

सूचना प्रेस २०८३ बैशाख २८ सोमबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ : सरकाररले उद्यमी र मध्यम वर्गीय परिवारमा रहेको करको बोझ घटाउने कार्यक्रम ल्याएको छ। सरकारले आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी मध्यम वर्गीय परिवार माथिको बोझ घटाइने छ।’

त्यसैगरी, सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आवद्ध गरी नगद नहित पारदर्शी र राजश्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने भनिएको छ। स्वेच्छिक कर अनुपालन, प्रविधि मैत्री राजश्व प्रशासन, शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजश्व प्रणालीलाई उद्यम मैत्री बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता गर्ने भनिएको छ। प्रदुषण, पूर्वाधार र अन्य छरिएका करहरुलाई एकीकृत गरि हरित कर प्रणालीमा रुपान्तरण गर्ने नीति अबलम्बन गरिने कार्यक्रम ल्याइएको छ। भन्सार नाकामा न्यून विजकीकरण नियन्त्रण गरिने छ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित तथा समयवद्ध बनाइने नीति तथा कार्यक्रममा उल्लेख छर

सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजना प्रणाली लागू गरिने भनिएको छ।