३१ बैशाख २०८३, बिहिबार 1778743655
Banner

संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले आज जवाफ दिने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।  बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। 

बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।  

संसदप्रति प्रधानमन्त्री वालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ।  नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री शाह संसद्‌ बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहँदा बैठक छाडेर हिँडेका थिए। यसको चर्को रुपमा आलोचना भइरहेको छ। 

परिणामतः बुधबार नै  पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो। नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो। 


हेर्नुहोस् कार्यसूची 

Samada-1778717556.jpg