५ जेष्ठ २०८३, मंगलबार 1779199460
राजनीति

रास्वपा सांसदले विदेशी युवतीलाई गर्भवती बनाएर अपलत्र पारेको विषय सदनमा उठ्यो

काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्कीले एकजना विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको विषय संसदमा उठेको छ ।

नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेकपाकी सांसद पार्वती विकले प्रश्न उठाएका हुन् ।

सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरेकी छिन्।

‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,’ सांसद विकले भनिन् ।

त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् ।