काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।
बैठक सुरू भएलगत्तै प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका साम्पाङले बैठकले छाडेर हिँडेका हुन् । अरू सांसद पनि बैठकमा उपस्थित नभएको भन्दै उनले आफू पनि निस्किएको बताए ।
उनले सदनमा प्रधानमन्त्री नआएको, सांसदहरू अनुपस्थित भएको विषय राखेका थिए तर सभामुखले बोल्न समय नदिएपछि उठेर हिँडे।
उनले भने, ‘सबै कुर्सी खाली छ, हामी चाहिँ आएर दिनभरि बसिराख्नुपर्ने अरूचाहिँ नबस्दा पनि हुने ?’।


