५ जेष्ठ २०८३, मंगलबार 1779223237
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

यस्तै बैठकले नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको समेत गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाडौंबाट विस्थापित सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने समेत निर्णय पनि गरेको छ।