काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार ९१ दिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिनेछ ।



