७ जेष्ठ २०८३, बिहिबार 1779366020
समाचार

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।

प्रदेश सभा सचिवालयकाअनुसार आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले प्रदेशको कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनेछ ।