७ जेष्ठ २०८३, बिहिबार 1779383910
अर्थ

सेयर बजार १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२.३६ अंकले घटेको हो । कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ। म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूह घटेका छन् ।

बजारमा ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेका छन्। ९ कम्पनीको मूल्य भने स्थिर छ । आज सबैभन्दा धेरै बुंगल हाइड्रोका लगानीकर्ताले ९.२६ प्रतिशत कमाउँदा सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता छन् ।

यो कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले ओरालो लागेको छ। बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।