७ जेष्ठ २०८३, बिहिबार 1779382529
समाचार

एमालेले मीनबहादुरले दान दिएको भवन नलिने

काठमाडौँ : नेकपा एमालेले भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।