७ जेष्ठ २०८३, बिहिबार 1779397403
अर्थ

आगामी बजेट निर्माणका लागि अर्थमन्त्री वाग्लेले लिए पूर्व अर्थमन्त्रीहरुसँग सुझाव

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटका लागि सुझाव लिएका हुन् ।

बजेट सुझावमा माग्दै अर्थमन्त्री डा.वाग्लेले राखेको धारणा :

बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ ।हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकुल थिए कति प्रतिकुल । तर, उदेश्य सबैको पवित्र र एउटै थियो देश र जनताका लागि राम्रो गर्ने । 

तर,परिस्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ । नयाँ परिस्थितिमा अब हामी आएका छौँ । हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै  समृद्धि हासिल गर्ने हो।

कसले के सुझाव दिए ?
 
पूर्व अर्थमन्त्री रामेश्वर खनालका सुझावहरू :

१ उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह । 
२ तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछरौँ ।
३ विद्युतमा मुअ कर न लगाउनुस् । 
 पूर्व अर्थमन्त्री शंकर कोइरालाको सुझावहरु 
१ रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गरौँ ।
२ सहि मान्छे सही ठाउँमा सही समयमा आउनुभएको छ । सफल हुनुस् । 
३ विद्युत् व्यापारका लागि निजि क्षेत्रलाई खुला गरौँ । 
४ आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गरौँ  ।
५ नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गरौँ । 
६ हेजिङ पोलेसी अगाडि बढाऔँ । जनार्दन शर्माको पालामा अघि बढीको कार्य अघि बढाऔँ ।  
७ पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक छ । सोचौँ । सरकारले नयाँ कपडा उद्योग चलाउनु पर्छ ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा :
 
१ अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ । तर, राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमा बस्नुस् । 
२ राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत हो । १५ प्रतिशत नराख्नुस् । 
३ यो वर्ष १२ माथि पुगे पनी १३ अर्ब राजश्व पुग्दैन । 
४ बजेट साँढे २० खर्बको बनाउनु होला । १६ र १७ खर्ब खर्च होला । तर, ठूलो महत्त्वाकाङ्क्षी राजश्व लक्ष्य नबनाउनुस् ।
५ आयकरको सीमा तल्लो स्ल्याब नचलाउनुस् । 
६ अन्तशुल्क जबर्जस्ती लगाइरहेका छौँ । कम गर्दै जाउँ।
७ मुअक दुई दरमा नजानुहोला ।
८ संघको सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोकौँ । 
१० लक्ष्यका केही कुरा पुरा गर्न सकिन्छ भने प्रयास गरौँ ।
११ स्वास्थ्य विमामा थैली नबढाई जाऔँ ।
१२ कृषिमा अनुदान दिन जरुरी छ । अर्थतन्त्रमा कृषिमा मधेसको योगदान घटेको छ । यसमा ध्यान दिन जरुरी छ । 
१३ राष्ट्रिय गौरवका आयोजनामा हामीले नै मनपरि गरेउँ। तपाईंले यो कुरा भंग गर्नुहोस् । नयाँ सिराबाट अघि बढ्नुहोस् । 
१४ संस्थानहरुलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजाऔँ ।
१५ एलडीसी ग्याजुएशनमा खुट्टा नकमाउनुस् । 
१६ मुलुकलाई ग्रेलिष्टबाट निकाल्न कुटनैतिक पहल गर्नुस् ।  दुई चार जना मान्छे थुनेर मात्रै हुँदैन । 
१७ वित्तीय क्षेत्र सुधार गर्नुस् । राष्ट्र बैंकसँग समन्वय होस् । 
१८ निजी क्षेत्रको मनोबल बढाउनुस् । 
१९।तबमात्रै ७ प्रतिशत आर्थिक वृद्धि सम्भाव छ । 

पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी :
 
१ सरकार र निजि क्षेत्र मिलेर जाने वातावरण बनाऔँ । 
२ साना,मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला । मेरो सल्लाह छ सबैलाई प्रोत्साहनको नीति लिउँ। 
३ काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिउँ ।
४ कृषिलाई अनुदानबाट प्रोत्साहन जरुरी छ । 
५ स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्नुस् ।
६ निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्नुपर्छ । लगानी अनुसारको प्रतिफल मिलिरहेको छैन् । 
७ कृषि उपजलाई भारतीय बजार खोज्नुस् । आर्थिक सम्वाद गर्नुस् । 

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे :

१ LMBISमन्त्रीको जस्तो भएको छ । विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भयो । 
२ ठूलो आयोजना धेरै भयो । घटाउनुस् । 
३ मध्य पहाडी पहाडी राजमार्ग सांसदले घरजाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाउँ। 
४ राष्ट्रिय गौरवको आयोजनालाई ४र५ वटा मात्रै बनाऔँ । 
५ जमिन प्रयोग सम्बन्धि कानुन सुधार नगर्ने हो भने केही गरि पनि गर्न सकिन्न । 
जग्गालाई कृषि जमिन,उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन बनाऔँ ।
६ पर्यटनको क्षेत्रमा गहन काम गरौँ। भारतीय पर्टकलाई आकर्षित गर्ने योजना ल्याउँ।
७ जिर्ण सरकारी उद्योगहरु चलाउन स्पष्ट होउँ। कि सरकारी कि निजी तर सरकारले चलाउन सक्ने अवस्था अहिले देख्दिन । यो मामिलामा मैले सबै पक्षलाई असल देखिरहेको छैन् । 
८ सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन पर्छ । 
९ कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न रु 

पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महत :
 
१ सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिउँ। यो निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई अवसर छ आँट गर्नुस् । 
२ नचाहिने संरचना हटाउन आँट गर्नुस् । 
३ नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिन । गर्छु भनेको गर्न सकिन तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ । सरकारले धान्न सक्दैन ।४ सरकारी उद्योग र जमिनलाई लिजमा दिनुस् । निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिउँ। 
५ वैदेशिक ऋण अति आवश्यकबाहेकमा घटाऔँ ।
६ पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकारको र जनताको भन्दा पनि ठेकदारको स्वार्थ देखियो ।
७ पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिन्छ । यसलाई रोक्नुस् । ठूला ठेक्का टुक्रयाएर मात्रै दिनुस् । 
८ उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिउँ। 
९ आयतित कृषि उपजमा भ्याट लगाउँ।
१० पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाऔँ। 

पूर्व अर्थमन्त्री वर्षमान पुन :

१ डा.वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा हुनुहुन्छ ।
२ विगतमा हामीले राम्रो पुर्वाधार बनाएछौँ । तर,औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिन्छ । 
३ पूर्व पश्चिममा हुलाकी देखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने तर बजार विकास हुन सकेन । प्रतिफल कमजोर भयो ।
४ पर्यटन पुर्वाधारमा लगानी गरौँ। 
५ भारतमा बढीको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाऔँ। त्यसलाई विवाह गन्तव्यको रुपमा विकास गरौँ। ५०/६० वटा पूर्वाधार बनाऔँ। 
६ संघियतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ । अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्छ ।
७ ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन पर्यो ।
८ सार्वजनिक संस्थान चलाउन हामीले जनक शिक्षाको राम्रो अभ्यास गर्यौँ। डुबेको संस्था चल्यो अहिले नाफामा छ । तीन वटा सरकारी बैंकलाई पनि हामीले नाफामा चलायौँ। नेपाल वायुसेवा निगम बलियो हुनपर्छ । तर, कसरी चलाउने  विचार गरौँ। 
९ जनताको अपेक्षा अत्यन्तै धेरै छ । कसरी सम्बोधन गर्नुहुन्छ यो मैले निकै जटिल देखेको छु । 
१० पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउँ । 

WhatsApp Image 2026-05-21 at 4.53.55 PM.jpeg

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल :

१ बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुनुहुन्छ यो सकारात्मक कुरा छ । 
२ वाचा पत्रलाई  पूर्ण परिपालन गर्न सकिने अवस्था अहिले छ । त्यसैअनुसार बजेट बनाउनुस् ।
३ रिफर्मका लागि यहाँको कमिटमेन्ट हामीले सुनेका छौँ। केही सहयोग हामीबाट चाहिए म सधैं तयार छु ।
४ स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा छ । यस्तो कमजोरीलाई सच्याउन पर्छ ।
५ स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउनु पर्दैन । संघको चुनाव जित्नेले स्थानीय चुनाव जित्छ ।
६ खानी बेचौ, ढुंगागिट्टी बेचौँ भन्दा मैले चुटाइ खानुपर्यो ।चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भयो । खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुन्छ । आँट गरौँ ।
७ गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसौँ। काम थालौँ । जस्तै बुढीगण्डकी लगायत । 

पूर्व अर्थमन्त्री जनार्दन शर्मा :

१ सल्लाह दिन रमाइलो तर कार्यन्वयन गह्रो । 
२ बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट हो । 
३ हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको छ । 
४ कार्याकालको चिन्ता तपाईंलाई छैन् ।
५ आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था तपाईंलाई छैन् । 
६ योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने तपाईंले जोखिम लिने हो । 
७ संघीयता कार्यन्वयन गर्न तपाईंले बजेट ल्याउनु पर्छ । 
८ निर्मम भएर सरकारी खर्च कटौती गरौँ। 
९ हाइ अल्टिट्युट खेल पूर्वाधारमा लगानी गरौँ। 
१० फलाम,तामा जस्तो खानिज उत्खननमा लगानी गरौँ । 
११ ताजा तरकारी नेपाल कै खाउँ भन्दा मलाई अप्ठ्यारो पर्यो । तर, यो जरुरी छ ।
१२ अरु जेजे भए पनि औषधी उद्योग चाहिँ सरकारले नै चलाउन पर्छ । 
१३ रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना छ । मेरो पालाको अध्यायन पल्टाउँदा हुन्छ ।
१४ निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिनुपर्नेछ । 
१५ पढ्दै कमाउँदै, वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट आओस् । 
१६ सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्छ । 
१७ जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउँछ ।