९ जेष्ठ २०८३, शनिबार 1779528156
Banner

एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन बारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।

शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुने बताइएको छ ।

अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्। आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ ।