७ मंसिर २०८१, शुक्रबार 1732305119
Banner

एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

काठमाडौँ । स्थानीय निर्वाचनको समीक्षा गर्न नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयको बैठक आज दिउसो १ः बजे बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

महासचिव शङ्कर पोखरेलको अध्यक्षता रहेको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ ।

एमालेको सचिवालय बैठक सोमबार दिउसो १ः०० बजे बस्ने तय भइसकेको छ । बैठकमा मुख्यतया पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको सफलता, केही ठाउँमा अन्तरघातका कारण भएको पराजय, एमाले र गठबन्धनलाई खसेको मतको समीक्षा र भावी रणनीति आदिका विषयमा आधारित रहेर एजेण्डा तय गरिने जनाइएको छ ।