२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 2:58 am
समाचार

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

सूचना प्रेस २०८३ जेष्ठ २३ शनिबार ००:००, १७:३५ बजे १ मिनेट पढाइ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् ।

२८ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (जेठ २३) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नरबहादुरले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।