४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:32 pm
राजनीति

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

सूचना प्रेस २०८३ असार ७ आइतबार ००:००, १०:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको कार्यक्रमस्थलको निरीक्षण गरेका छन् ।

उनले आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रमस्थलको निरीक्षण गरेका हुन् ।

गएराति भारी वर्षाको कारण कार्यक्रमस्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रमस्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।