३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:29 am
समाचार

बेलबारी नगरपालिका-३ का वडाध्यक्ष सुवेदीलाई पदमुक्त गर्न एमालेको सिफारिस

सूचना प्रेस २०८३ असार ११ बिहिबार ००:००, १६:२५ बजे १ मिनेट पढाइ

विराटनगर । नेकपा (एमाले) ले मोरङ बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

एमालेबाट निर्वाचित वडाध्यक्ष सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाही गर्दै पदमुक्त गर्न सिफारिस गरिएको हो ।

९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।