पृथिवी सुब्बा गुरुङले बारम्बार एमाले र ओलीका विषयमा विचार व्यक्त गरेका छन् । गुरुङले यस देशमा एमाले पार्टी र ओली मात्र हुनुहुन्छ कि भनझैँ गरेर कतिपय विषयमा आशंमा कुरा गरेको अनुभव हुन्छ । समग्रमा हेरिएन भने आफैँ समस्यामा परिछ । पुर्खाहरुले वर हेर्, पर हेर्, तल माथि हेर् अनि आफूलाई हेर भनेका छन् । यसको मतलव आफूलाई मात्र र आफ्नो पार्टी र अध्यक्षलाई मात्र हेरेर कुनै पनि निष्कर्ष निकाल्नु हुँदैन र निचोडमा पुग्नु हुँदैन भन्ने यसको गूढार्थ हो ।
यस देशमा नेका, ने.क.पा. माओवादी र एमाले प्रमुख पार्टीका रुपमा रहेका छन् । तिनको हाल सम्मको नीति,सिद्धान्त,चिन्तन र चरित्र हेर्ने हो भने सामान्य जनताले सही निष्कर्ष निकाल्छन् तर सुब्बाहरु भने एमाले र ओलीका बारेमा एककाँटे विचार प्रवाह गर्छन् । माकुने पनि पार्टीलाई रुपमा देखा परेका छन् । तर माकुने कम्युनिस्ट पार्टी वा बाम हुन् त ? बाम एकताको कुरा गर्ने गुरुङ धरातलीय यथार्थ बुझ्दैनन् । कुराका लागि कुरा गर्न सजिलो छ । घनश्याम भुसाल कुरा कथुर्न सिपालु छन् । जबज र जननेता मदन भण्डारीलाई फुटेको आँखाले देख्न नसक्दैनन् । जबजको च्याप्टर क्लोज गर्ने नेता आफूलाई भण्डारी भन्दा महानु् नेता आफैँ भन्छन् । २०६२,०६३ पछि नेपाल एकाएक वा रातारात पुँजिवादी भएको न्यून चेतका कार्यकर्तालाई भड्काउ कुुरा गरेर कार्लमाक्र्स बन्ने सपना देख्छन् वाह । पृथ्वी सुब्बा गुरुङ भुसालकै विचार विहीन विचारका अनुयायी जस्तो भएर बेलाबेला बोलेको सुनिन्छ । कहिले पूर्व मुख्य मन्त्री शेरधन राई सहित भएर ओलीले प्रदेशलाई अधिकार सम्पन्न गराउन पटक्क ध्यान नदिएको अलाप गर्थे तर अहिले गठबन्धन सरकारले गरेको आम रुपमा केन्द्रीकृत गतिविधि बारे मौन देखिन्छन् ।
एमाले नेताहरु पार्टीका सरकारहरु भाँती पु¥याएर आम जन समक्ष प्रवाह नगरी उल्टो भाँडबखान गर्न मन पराउँछन् । अहिले स्थानीय निर्वाचनमा एकाध स्वतन्त्र उम्मेद्वारले नगर प्रमुखमा जितेको विषयमा विभिन्न चर्चा र परिचर्चा हुने गरेका छन् । त्यसमा पार्टीहरु कमजोर भएको जनअपेक्षा अनुसार काम नगरेको निष्कर्ष निकाल्ने प्रयत्न भएको छ । तर तुलनात्मक रुपमा एमाले मात्र सबै पार्टीका तुलनामा ज्येष्ठ र श्रेष्ठ पार्टी हो भन्ने कुरा जगजाहेर छ । जनता नै यो कुरा भन्छन् तर एमाले नेताहरु यस्ता बतासे कुरामा मौन समर्थन गरिरहेको देख्दा यो लेखक तिनतमास भएको छ । बरु नेका पार्टीका सामान्य मतदातामा पार्टी संस्कारका रुपमा स्थापित भएको देखिन्छ । नेकाका कार्यकर्ता र समर्थकहरु पार्टी र नेतृत्वका पक्षमा औपचारिक वा अनौपचारिक कार्यक्रममा दृढ समर्थन गर्छन् तर वर्ग पक्षधरताको बखान गरेर कहिल्यै नथाक्ने एमाले अगुवा कार्यकर्ता नै कतै कहिँ पनि पक्षपोषण गर्दैनन् । यसरी हेर्दा एमाले नेता र कार्यकर्ता ब्वाइलर जस्ता लाग्छन् । तिनले नेताले अह्राएका सिकाएका र घोकाएका बाहेक केही कुरा भन्न सक्तैनन् । आफ्नो पार्टीले अल्पमतको भए पनि नौमहिने जनप्रिय सरकार बनाएको बेलिविस्तार लगाउँदैनन् । त्यस्तै ओली सरकार देश,जनता र जनजीविका लागि अविस्मरणीय रहेकाछ तर काङ्ग्रेसले आजका दिन सम्म जनहितका काम केही गरेको छ ? उत्तर निराशाजनक रहेको छ । अझ यो गठबन्धन सरकारका प्रधानमन्त्रीले देशलाई रसातलमा पु¥याउने अवस्था टड्कारा देखिँदैछ । यसमा सहयात्री दल अत्यन्त चनाखो र होसियार हुनुपर्छ । यस्ता कुरामा पृथिवी सुब्बा गुरुङले पनि बोल्नु पर्छ र मुख खोल्नु पर्छ । केवल आफ्नै पार्टीका अध्यक्ष बागमती नामको एक मिडियामा अनेक आरोप र फतुर लगाएर मात्र हुन्न । पार्टी र नेतृत्व आफ्नै बलबुतामा सबल र स्थापित हुने हो तर यसमा प्रमुख नेतालाई तमाम कार्यकर्ताले उचित आड, अडेस ,भर र भरोस गर्नु पर्छ । तुलनात्मक रुपमा सक्षम कुशल नेतृत्वलाई अहंकारी,दम्भी र व्यक्तिवादी भन्ने कटुकटाक्ष गर्न सुहाउँदैन । यति कुरा भन्दा आफू चाहिँ के कति पानीमा छु भन्ने कुरा ख्याल गर्नु पर्छ ।
०४६ सालपछि धेरै कडा परिश्रम गरेर पार्टी बचाएको भनेर फुइँ गर्नेले अग्रज अनुभवी, त्यागी तथा कामले नै अब्बल रुपमा परीक्षित नेतालाई अनेक आग्रहका भरमा आवेश,उत्तेजना र आक्रोषका आधारमा धारे हात लगाउन सुहाउँदैन । खै त देव गुरुङले आफ्नो पार्टी अध्यक्षलाई कैयौँ कमजोरीका अतिरिक्त कटु कटाक्ष गर्नु भएको छैन । कमरेड प्रचण्डका बारेका कैयौँ चरम असंगत, विसंगत गम्भीर विचलन कमजोरी सम्बन्धी तथ्य, सत्य बजारमा छयापछयाप्ती छन्, बोली र वचनको कुनै ठेगान छैन ।
यो लेखक पार्टी सदस्य भएको भए उहिल्यै सदस्यता परित्याग गथ्र्यो । प्रचण्डले आफ्नै पार्टीका लडाकाहरुका रकम अपचलन गरेको , अत्यन्त नियन्त्रित पार्टी महाधिवेशन र नेतृत्व चयन सन्दर्भ र अझै पदाधिकारी चयन नगरेको सन्दर्भ,पार्टी अध्यक्षका नस नाता र आफन्त जति सबैलाई राजनीतिक र राजकीय सेवा सुविधा व्यापक रुपमा दिए दिलाएको सन्दर्भ, निर्वाचनमा बाक्सा साटेर भए पनि चुनाव जित्ने सन्दर्भ, पार्टी नै विचार विहीन भइरहेको सन्दर्भ आदि आदि भारी विसंगति,विकृति,अपचलन र दिशाहीन विषय सिधै पुष्पकमल दाहाल उर्फ प्रचण्डसित जोडिएका छन् । यति मात्र होइन यस खालका केही र अलिकति पनि कमजोरी भए एमाले वा ओलीको आलोचना गर्न सुहाउँथ्यो । तर यहाँ त जथाभावी, जे मन लाग्यो, त्यही बोल्ने एमाले नेता, नेता नै हुन् र ? भन्ने अवस्था टड्कारो बनेको छ । दुई महिनापछि हुने पार्टीको महाधिवेशन सम्म नपर्खिई घरमा आगो लगाएर निधारमा खरानी धसी नेकाको टाङ्मुनि छिरेर कम्युनिस्ट आन्दोलन बनाउँछ्ु र समाजवाद ल्याउने अभियानमा लाग्ने भ्रमित कुरा गर्ने माकुनेको प्रशंसा पृथिवी सुब्बाले गरेको देखेर यस लेखकलाई कुरीकुरी लाग्यो । धेरै गुणलाई एउटै निकृष्ट नियोजित दुर्गुण ले खरानी बनाउँछ । पार्टीको नवौँ महाधिवेशन सम्मुख ओली आज हो कि भोलि भनेर उहाँको मृत्युको कामना गर्ने माकुनेलाई महान् मान्ने एमाले हुन सक्तैनन् । सुब्बाहरुलाई मुखबाट ¥याल चुहाउने, बोल्दा द्यौते बोका सरह हुतुुतु गर्ने र उ गरेर उ गर्छु भन्ने पार्टी अध्यक्ष चाहिन्थ्यो होला । अयोग्यले योग्यलाई चिन्दैन बुझ्दैन । तर योग्यले सबैलाई योग्य बनाउन भरमग्दुर प्रयत्न गर्छ , फरक यही हो ।
त्यसैले पृथिवी सुब्बा गुरुङले लुइस एल भनेझैँ समस्या समाधान होइन, सोचलाई सच्याउनु पर्छ । जब सोचमा नै खोट हुन्छ समाधानको सोच र सूत्र पत्ता लाग्दैन । त्यसैले कतिपय नेताहरु सोचलाई बदल्न सक्तैनन् र समस्याका भुँमरीमा पर्छन् । आफैँ समस्याको गुजुल्टो भएपछि कुनै समाधान निस्कन सक्तैन । यही असार १ गते वैचारिक भनिने नेता घनश्याम भुसाल नवीन विचार प्रवाह गर्ने सुनिएको छ । तिनको विचार ओली विरुद्ध र एमाले विरुद्ध हो । यस्ता प्रोपगण्डा उनले पटकपटक गरेका छन् । एक समय आफैँ समस्या बनेका सी.पी. मैनाली सोच बदल्न नसक्दा समाप्त भए । भुसालको नियत अब अरु छैन र देखिँदैन । सुब्बा गुरुङ्मा अंशगत हेराइ रहेछ तर पूर्णतामा उनले एमाmले वान ओलीलाई हेरेका र पर्गेलेका छैनन् । नन् । आग्रहवस झिनामसिना विषयलाई लिएर तरिफका तारिफ गर्छन् । गुण र गुणी जनलाई समयमै चिन्ने र चिनाउने काम कुरो नहुँदा पनि पार्टीलाई मात्र होइन देशलाई नै ठूलो घाटा हुन्छ र हुँदो रहेछ ।
पार्टी केन्द्रको सचिवका नाताले तपाईँले आफैँलाई अलि नियालेर हेर्नुपर्छ कि भन्ने यस लेखकको ठम्याइ रहेको छ । तपाईलाई म राम्रै चिन्छु यो राजालाई चिने सरह पनि होला । तपाईँ त्यति चिन्नु हुन्छ जस्तो लाग्दैन किन भने तपाईँहरुका नजरमा लेखक ,कवि,स्रष्टा र बुद्धिजीवी दुअन्नी सरहका हुन्छन् । तर दावाका साथ भन्न सकिन्छ हिट्लर अरु कसैसित डराउँदैन थिए रे तर एक जनासित डराउँथे । उनी सभामा आफैँ भन्थे, मलाई अरु कसैसित डर लाग्दैन तर यही सभाको पछिल्लो कुनामा बसेको कलम बोक्ने लुरे पत्रकार र लेखकदेखि साह्रै डर लाग्छ ।
यो लेखक जात, भात, भूगोल, नाक, नश्ल, थर र गोत्रभन्दा धेरै माथि छ । यो लेखक अमुक पोखरेल नेताका टाङमुनि छिर्ने खस्रे भ्यागुतो होइन । तीन पुस्तादेखि पठन लेखन अध्ययन र अध्यापन संस्कृतिमा बिताएको फराकिलो सोच भएका भनिएका कम्युनिस्ट प्रदीप नेपाल नामका बाहुनले त आफूलाई रछ्यानमा पु¥याए भने अरु जात,भात र नाक र नश्लका कमरेडको के कुरा गर्नु र ? डा. जगमान गुरुङ र काले राई उर्फ स्वामी प्रपन्नाचार्यजस्ता जात, जाति र जनजातको संकीण दायराबाट उठेका उदात्त मानव एमालेमा कहिले जन्मेलान् । कमरेड,खुसी, खोकी, राजनीतिक अपराध र प्रेम धेरै दिन लुक्तैन क्या । अझ लुकेर गरेको प्रेम त १० महिनामा सबैले देख्ने गरी भुईँमा झर्छ । सुब्बा गुरुङजी तपाईहरुका बेहोरा यस लेखकलाई भलिभाँती थाहा छ । जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भनेझैँ यस लेखक कविलाई स्थायी समितिका कुन कुन नेता कति पानीमा छन् ? त्यो यस लेखकलाई राम्रै थाहा छ । तपाईंहरु पार्टी अध्यक्ष ओलीलाई दवाव,प्रभाव,घुर्की,धम्की दिएर राजनीतिक र राजकीय उपल्ला हैसियत हत्याउन सफल भएको थाहा छ । त्यो एक पटक हो र सदा सर्वदा पदीय लडाइँमा तपाइँहरु लड्दै भिड्दै आउनु भएको छ ।
काममा अगाडि सुविधामा पछाडि भन्ने कुरा तपाईँहरुसित छैन । पटकपटक फेल भएर पनि माथिल्लो क्लास चड्न व्यग्र तपाईहरुको सैद्धान्तिक,कार्यक्रमिक सांगठनिक तथा नैतिक दयनीय अवस्था पनि कार्यकर्ताले थाहा पाएका छन् । तपाईले बाम गठबन्धनको कुरा उठाउनु भएछ ,राम्रै हो तर तपाईलें घनश्याम भुसालकै लोली र बोली सापटी लिएको देखेर अचम्म त लागेन तर उदेक लाग्यो । बाम भनेको कम्युनिस्टकै सामानार्थी शब्द बनेको छ । नेकाको टाङमुनि छिर्ने बाम हुन र कम्युनिस्ट हुन् र ? नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने कसम खाएकाहरु कसरी बाम हुन् कमरेड ? स्थानीय निर्वाचन अगाडि नै बाम मोर्चा बनाउन खोजे पनि परिस्थिति अनुकूल थिएन । पहिले आफ्नै पार्टी एमाले दरिलो र भरिलो पार्नु पर्छ कमरेड । घरमा रत्यौली खेल्ने अनि बाम गठबन्धन बनाउने फुइँ पनि गर्न सुहाउँदैन । पार्टी भित्र अनुशासन कायम गर्न तपाईँ आफैँ कति लाग्नु भयो ?
भुसालले १० औँ महाधिवेशनलाई सौराहा काण्ड भन्दा तपाईँ बोल्नु भएन किन ? यो सामान्य विषय हो र ? आम पार्टी कार्यकर्ताको यति घोर अपमान कुनै एमाले नेताले गर्न मिल्छ ? सुहाउँछ ? अनि टीकाराम भटटराई नामका ओकिलले काइते भाषामा भुसालको पक्ष पोषण गरेको र यही लेखलाई योगेश भट्टराईले तारिफ गरेको देख्दा यस लेखकलाई हुनसम्मको सरम भयो । अति सामान्य नैतिकता विपरीत पार्टी र ओली विरुद्ध चरम निकृष्ट तथा अनुशासनहीन तरिकाले बारबार बोल्दा तपाईले किन मुख खोल्नु भएन ? के पार्टीमा यस्तै जात्रा गर्न खोजेको हो ? जात्रा त रोदी घरमा र क्लवमा पो गर्ने हो त कमरेड ? तर क्लव र रोदी घरको पनि सामान्य अनुशासन हुन्छ नि । त्यहाँ गएर जथाभावी नगर्नु होला ? त्यहाँ त सोझै गर्धनियाँ कार्यवाही हुन्छ नि । त्यहाँ ओली हुनुहुन्न, हुने कुरा पनि भएन। त्यसैले त्यहाँ कुनै मुलाहिजा हुँदैन कमरेड, एमालेमा जस्तो जनवादका नाममा नग्न नृत्य गर्न कहीँ पाइँदैन । ओलीले १०० अपराध हुन्जेल छुट दिएको हो । पृथिवी कमरेड कसैको पनि अति प्रशंसा र अति निन्दा गर्ने गल्ती अव आइन्दा नगर्नु होला ।