परराष्ट्र मन्त्री डा.नारायण खड्काले पछिल्लो समय निकै चर्चामा रहेको विषयमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार गरेको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यो विषय सकिएको बताएका हुन् ।
बैठकमा उनले भने, ‘यो टुंगिसकेको विषय हो । यो हाम्रो राष्ट्रिय हितमा छैन, अब अगाडि बढ्दैन ।’
यसै विषयमा छलफल गर्न आज बिहानै प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका थिए ।
नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।