२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:24 pm
समाचार

२४ घण्टामा १ हजार २४५ जना ट्राफिक प्रहरीको कारबाहीमा

सूचना प्रेस २०८३ श्रावण १२ मंगलबार ००:००, ०९:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, यन्त्रिक कारबाहीमा ३०, रातोबत्तीमा ४२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २८, लेन क्रसमा १९, अवस्था ठिक नभएको ४२, एकतर्फीमा ४२ र अन्यमा ९३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।