४ आश्विन २०८१, शुक्रबार 1726836614
Banner

दैनिक एउटा स्याउ खाँदा यस्ता छन् फाईदा

अङ्ग्रेजी भाषामा एउटा भनाई छ, ‘एन एप्पल अ डे, किप्स द डक्टर अबे’ अर्थात दैनिक एउटा स्याउको सेवनले, हामीलाई स्वस्थ बनाएर डाक्टरलाई भेट्नै नपर्ने बनाउँछ । वास्तवमा दैनिक एउटा स्याउको सेवन हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ । स्वादमा स्वादिलो, रसमा रसिलो, हेर्दा आकर्षक र मनमोहक देखिने र बाञ्ह्रैमास बजारमा उपलब्ध भईरहने यस सदाबहार फलको ७,००० भन्दा ज्यादा प्रकारहरू छन् । विश्व बजारमा फलको राजा भनेर कहलिएको स्याउको वैश्विक उत्पादन झण्डै ९० अरब किलोको आसपास छ । संसारभरी नै लोकप्रिय मानिएको यस फलका अनेकै स्वास्थ्य लाभहरू छन् जसमध्य केहीलाई हामीले पनि जानौं ।

१. उच्च पोषकताः स्याउलाई उच्च पोषक घनत्व भएको खानेकुरा मानिएको छ । १०० ग्राम काटिएको स्याउमा ५२ किलो क्यालोरी उर्जा, ८६ प्रतिशत पानी, १२ ग्राम कार्बोहाईड्रेट, २.५ ग्राम रूक्षांश, ०.१७ ग्राम चिल्लो पदार्थ, ०.२६ प्रोटिन, दैनिक आवश्यकताको ६५ भिटमिन सी, २५ भिटमिन के, ३५ तामा , ३ ५ पोटासियम र २५ देखि ५५ ई र भिटमिन बी पाईन्छ । यसका अलावा थुपै्र एण्टिअक्सीडेण्ट र फाईटोकेमिकलहरू पनि पाईन्छ जसले हामीलाई धेरै प्रकारका रोगहरूबाट बचाउने गर्दछ ।

२. तौल कम गर्न मद्यत गर्दछः तौल कम गर्नको लागि पानी र रूक्षांश धेरै र कार्बोहाईडे«टस, चिल्लो र फ्याट कम भएको खानेकुरा खानु पर्दछ। पोषक मुल्यका दृष्टिले स्याउमा ८६प्रतिशत पानी हुन्छ भने र २.४ ग्राम रूक्षांश र ११.६ प्रतिशत अन्य पोषक तत्वहरू विद्यमान रहेका छन् । पानी र रूक्षांश धेरै भएको खानेकुरा खादा चाँडौे क्षुधा शान्त हुने र अत्याधिक सन्तुष्टि प्राप्त हुने गर्दछ । यसै गरी स्याउमा पाईने पोलीफिनोलमा तौल कमगर्ने गुण पाईएको छ।

३. कोलेस्टोरोल कम गर्दछः मुटु तथा रक्तनलीको रोग लगाउन सक्ने खराब कोलेष्टेरोललाई कमगर्न स्याउमा प्रशस्त मात्रामा भिटमिन, मिनरल, घुलनसिल फाईबरहरू र पोलीफिनोल पाईन्छ । यी तत्वहरूले एल.डी.एल. कोलेस्टेरोलको अक्सिडेसन कमगर्ने, रक्तचाप घटाउने, अथेरोस्क्लेरासिस कमगर्ने र रक्तनलीको ईन्फ्लामेसन कम गर्न विशेष भूमिका खेल्दछ । स्याउको सेवनले कलेजोलाई पनि डिटक्स गरिदिने हुँदा खराब कोलेष्टेरोलको उत्पादनमा लगाम लगाउदछ । तर कोलेस्टेरोक कम गर्न एउटा मात्र स्याउ खाएर पुग्दैन २/३ वटा खानु पर्दछ ।

४. रक्तचाप कम गर्दछः स्याउलाई उच्च रक्तचाप कमगर्ने फलफूलका रूपमा पनि बुझिने गरेको छ । दैनिक २ वटा स्याउको सेवनले रक्तचाप घटाउन विशेष भूमिका अदा गर्दछ । स्याउमा पाईने ईपिकेटाचिन भन्ने पोलीफिनोलको रक्तचाप घटाउने विशेष गुण देखिएको छ । यसैगरि स्याउमा प्रशस्त मात्रामा घुलनशील फाईबर, भिटामिन र एण्टिअक्सिडेण्ट आदि पनि पाईने हुँदा यसले रक्तचाप घटाउन विशेष भूमिका खेल्दछ ।

५. मधुमेहको लागि राम्रोः स्याउको सेवन मधुमेहको लागि पनि अत्यन्त उपयोगी छ। स्याउको सेवनले मधुमेह हुने जोखिम न्यूनिकरण गर्दछ भने भएकाहरूको रक्त ग्लूकोज कमगर्न विशेष भूमीका खेल्दछ । स्याउमा पाईने कर्सेटीन र फ्लोरीद्जीन जस्ता पोलीफिनोलहरूले ईन्सुलिन प्रतिरोधकता कमगर्न भूमिका खेल्दछ।

६. पेटको लागि राम्रोः स्याउको सेवनले अपच, अजिर्ण, अम्लपित्त, ग्यास्ट्राईटिस, कब्जियत, पाईल्स, फिस्चूला, फिसर जस्ता समस्यालाई अत्यन्त लाभ पु¥याउदछ। स्याउमा पाईने पेक्टिनले पेटका ब्याक्टिेरियाहरूलाई पोषण गर्नेहुँदा पेटको स्वास्थ्य राम्रो हुन्छ। पेटका ब्याक्टेरियाहरूको स्वास्थ्य राम्रो भए तौल घट्ने, मुटुरोग, मधुमेह क्यानसर आदिको जोखिम न्यून हुने आदि तथ्य अनुशंधानले पत्ता लगाएका छन। यसैगरी मूलतः क्षारिय फल भएकाले स्याउले अपच, अजिर्ण, अम्लपित्त पनि कम गर्दछ ।

७. क्यानसरको रोकथाम गर्न सहयोगीः स्याउमा पाईने एण्टिअक्सिडेण्टहरूले धेरै प्रकारका क्यानसर हुने जोखिमलाई न्यूनिकरण गर्दछ। स्याउको पोलिफीनोलहरूले क्यानसर कोषको गुणनशीलतालाई रोक्दछ भने उच्च फाईबरले क्यानसर कोषको वृद्धिलाई रोक्नुका साथै तिनीहरूलाई मार्न पनि मद्यत गर्दछ।

८. दमको लागि राम्रोः स्याउको सेवन दमको लागि पनि राम्रो छ। विशेष गरि अक्सिडेटिभ स्ट्रेसका कारणले हुने रोगहरूमा यो फलले राम्रो परिणाम दिएको छ। शरीरमा अक्सिडेटिभ स्ट्रेस हुँदा धेरै मात्रामा फ्री रेडिकल्स उत्पादन हुनेहुँदा यी तत्वहरूले एलर्जी गराएर दमको समस्या देखिन्छ। स्याउमा पाईने कर्सेटीन र प्रोएन्थोसाईनेडिन जस्ता एण्टिअक्सिडेण्टहरूले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, ईन्फ्लामेसन कम गर्ने, एलर्जी कम गर्ने हुँदा दम र पिनास जस्ता समस्याका लागि राम्रो मानिएको छ।

९. मस्तिष्कको लागि राम्रोः स्याउ मस्तिष्कको लागि पनि राम्रो फल हो । स्याउमा पाईने एण्टिअक्सिडेण्ट र फाईबरले स्नायू कोषहरूको क्षय हुन दिदैन।

१०. प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउदछः स्याउमा प्रशस्त मात्रामा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने भिटमिन ए, डी, सी, ई, बी६, बी १२, फोलिक एसिड, जिङ्क, फलाम, तामा र सेलेनियम आदि पाईने हुँदा सेवनले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउदछ। यसैगरि स्याउमा पाईने फाईबरहरूको सेवनले ईन्फ्लामेसन सम्भावित कोषहरूलाई ईन्फ्लामेसन प्रतिरोधि पनि बनाईदिन्छ।