३ भदौ २०८३, बुधबार 1787148830
Banner

चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ ।

मनसुनी वायुको सामान्य प्रभाव देशभर परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भइरहेको जनाएको छ। महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भू–भगमा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।