२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:05 am
समाचार

पेस्तोलसहित तीन जना पक्राउ

सूचना प्रेस २०८३ श्रावण २५ सोमबार ००:००, ०९:१३ बजे १ मिनेट पढाइ

काठमाडौँ : कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्थानका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । निजहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगञ्जमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले पेस्तोलसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।