२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:22 am
Banner

प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नवीन श्रीवास्तबलाई भेटे

सूचना प्रेस २०८३ श्रावण २५ सोमबार ००:००, १५:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर आज प्रधानमन्त्री बालेन शाहसँग भेटेका छन् । भेटवार्तापछि श्रीवास्तावले नेपालको प्रधानमन्त्रीलाई भेट्न पाउँदा सम्मानित महसुस भएको बताएका छन् ।

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको तथा नेपाल–भारत बीचको बलियो र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सार्थक विचार आदानप्रदान भएको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री सचिवालयले जारी गरेको प्रेस नोटमा भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको उल्लेख छ । नेपालका प्रधानमन्त्रीसँग राजदूतको भेटलाई भारतले आफ्नो कुटनीतिक जितका रुपमा लिने छ ।